अब महिलाको विकिनीले नै सफा गर्नेछ फोहर पानी

अब महिलाको विकिनीले नै सफा गर्नेछ फोहर पानी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २२ असार २९७४ । 

अहिले संसारमा यस्तो स्विंमग सुटको विकास भएको छ , जसले तपाई पौडिरहँदा पानीलाई सफा गर्नेछ । थ्रीडि प्रिन्टेड स्पोन्ज सुट विकनी निके लचकदार समेत छ । यसले स्पोन्जको काम गर्नेछ । त्यस्तै प्रदुषित पानीलाई शरिरमा छिर्न दिदैँन । तपाई पौडिरहँदा यसले समून्द्रको पानीलाई समेत सफा गर्नेछ ।

इलेक्टिकल इन्जिनियर मिह्री ओजकानको नेतृत्वमा रहेको टोलीले यस्तो स्विमिंग सुटको विकास गरेका हुन् । यसलाई पानीमा प्रयोग गर्ने मात्रै नभएर आनन्ददायि ढंगबाट प्रयोग गर्न सकिने बनाइएको छ । यो पुरै वातावरणमैत्री रहेका कारण समूद्रमा पौडँदा यसले प्रदूषण निकाल्ने नभएर उल्टै प्रदूषण हटाउने काम गर्छ ।

यस्तो स्विमिंग सुटलाई १ हजार डिग्री सेन्टिग्रेटमा तताएर मात्रै तयार पार्ने गरिएको छ । यति धेरै तापक्रममा कुनै पनि सामाग्री आफ्नो वास्तविक तरल अवस्थामा फर्कन्छ । यस्तो स्पोन्जलाई फेरि अर्को स्विमसुटमा पनि प्रयोग गर्न सकिन्छ ।

ओजाकन भन्छन्, यो वातावरणलाई नोक्सानी नगर्ने अचम्मको वस्तु हो । यस स्पोन्ज स्विमले यसै वर्ष रिसेप वेरेवल टेक्नोलोजी प्रतियोगितामा पहिलो पुरस्कार जितेको छ । केही समय पौडिएपछि फेरि आफ्नो स्विमिंग सुटलाई रिसाइकल गर्नु व्यवहारिक नभएपनि वातावरणलाई हानी पुर्याउनबाट जोगाउन यसले भूमिका खेल्ने बताइएको छ ।

Logo