नगर्नुहोस् यी ७ गल्ती, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ

नगर्नुहोस् यी ७ गल्ती, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ


विभिन्न अनुसन्धानहरुले महिलाहरुमा स्तन क्यान्सर हुने धेरै कारणहरु सार्वजनिक गरेका छन् । हाम्रा सामान्य गल्ती र कमजोरीले हुने यस्तो समस्या निराकरणका लागि पनि हामीले नै विशेष ध्यान दिनु जरुरी छ । के हुन् त स्तन क्यान्सरका कारण?

१. बढ्दो मोटोपन 
महिलाको बढ्दो मोटोपना स्तन क्यान्सरको कारण बन्न सक्छ । विशेषगरी रजोनिवृत्तिपछि महिलामा स्तन क्यान्सर हुने जोखिम धेरै बढ्न जान्छ । मोटोपनका कारण शरीरमा अधिक हर्मोनहरु फ्याट टिस्युबाट बाहिर निस्कन्छन् । जब धेरै फ्याट शरीरमा बढ्न थाल्छ तब एस्ट्रोजेनको स्तर कम हुन्छ र क्यान्सरको जोखिम बढ्छ। 

२. स्तनपान नगरे
अधिकांश महिलाहरुले स्तनपान गदाउँदा आफ्नो शरीरको बनावट बिग्रिने विश्वास राख्छन् । त्यसैले महिलाहरुले स्तनपानलाई वेवास्ता गर्ने गरेका छन् । तर, यस्ता महिलाहरुलाई स्तन क्यान्सरको बढी जोखिम हुने गर्छ । वास्तवमा स्तनपान गराउँदा हर्मोनहरु सन्तुलनमा रहन्छन्  तर जो महिलाले स्तनपान गराउँदैन, उनको हर्मोन सन्तुलन बिग्रन्छ र स्तन क्यान्सरको जोखिम बढ्छ । 

३. खानपानको ख्याल नगरे 
जो महिला आफ्नो आहारको हेरचाह गर्दैन, उनमा स्तन ट्युमर हुने सम्भावना बढी हुन्छ । चिनीयुक्त खानेकुराहरु जस्तै, मिठाई, गुलियो खाना, चकलेट, केचअप, कोल्ड ड्रिङ्सले स्तन क्यान्सर हुन मद्दत गर्छ । यस्तै फास्ट फुड बर्गर, फ्रेन्च फ्राइज, चाट, रातो मासुले पनि स्तन क्यान्सरको जोखिम बढाउँछ । त्यस्तै प्रशोधित खानामा पाइने बोसोले पनि स्तन क्यान्सर निम्त्याउन सक्छ । त्यसैले यस प्रकारका खानेकुराहरुबाट सकभर बच्नुपर्छ। 

४. लामो समयसम्म गर्भनिरोधक औषधिको सेवन
जो महिला लामो समयबाट गर्भनिरोधक औषधिको सेवन गरिहेकी छिन्, उसलाई स्तन क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढी हुन्छ । यस्ता खालका औषधिहरुमा उच्च मात्रामा एस्ट्रोजेन हुन्छ । यस्ता चिजहरु शरीरको जरुरत भन्दा बढी भएमा स्तन क्यान्सरको जोखिम बढाउँदछ। यो मात्र होइन गर्भ नियन्त्रण ईन्जेक्सन र अन्य विधिहरुले पनि स्तन क्यान्सरको जोखिम बढाउन मद्दत गर्छ । त्यसैले यस्ता चीजहरुको लामो समयसम्म प्रयोग गर्नबाट बच्नुहोस्। 

५. प्लाष्टिकका सामानको अधिक प्रयोग
प्लाष्टिकको बोतलमा पानी पिउने वा यसबाट बनेका भाँडामा खाना खाँदा स्तन क्यान्सर हुने जोखिम उच्च हुन्छ । प्लाष्टिकले बनेका सामानहरुमा शरीरलाई हानी गर्ने खालका केमिकल जस्ता रसायनहरु मिसिएको हुन्छ । जसले महिलाको हर्मोन प्रणालीलाई बिगार्दछ । 

६. व्यायामबाट टाढा रहनु 
जो महिला व्यायामलाई वेवस्ता गर्छ, उनमा स्तन क्यान्सरको जोखिम धेरै गुणा बढ्छ ।  रजोनिवृत्तिपछि महिलालाई व्यायाम गर्न धेरै महत्वपूर्ण हुन्छ । यदि व्यायाम गर्न मन पर्दैन भने दिनको आधा घण्टा भएपनि हिड्डुल गर्नु जरुरी हुन्छ । यसबाहेक बगैचा वा पौडी खेल्न पनि सकिन्छ । जसरी सकिन्छ शरीरलाई सक्रिय तथा फुर्तिलो बनाउन आवश्यक हुन्छ । यस्तो कार्यले बोसो पनि कम गर्न मद्दत गर्छ ।  

७. मद्यपान र धुम्रपानको सेवन 
विश्व स्वास्थ्य संगठनको रिपार्ट अनुसार, मद्यपान र धुम्रपानले स्तन क्यान्सरको जोखिम ८ प्रतिशतसम्म बढाउने देखाएको छ । रक्सीले महिलाको सेक्स हार्मोनको स्तर बढाउँछ । जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएशनको अध्ययन अनुसार, रक्सीले स्तनमा ट्यूमरको बृद्धि गराउँदछ।

Logo