यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक श्रीमान श्रीमती नै पक्राउ

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक श्रीमान श्रीमती नै पक्राउ


बुटवल । होटलमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पत्ति पक्राउ परेका छन् । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलका सञ्चालक बाग्लुङ निसिखोला ७ का टेकबहादुर कुँवर उनकी श्रीमती मीनाकुमारी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको होटलबाट करिब ६ महिनादेखि बन्धक बनाएकी कपिलवस्तुकी एक १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको हो ।

होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकी थिईन् ।

प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।

होटलमा काम गरेको पैसा पनि होटल संचालक आफैंले राख्दै आएका थिए । पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । उक्त अपराधमा १५ वर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था छ ।

Logo