राष्ट्रकविको निधनप्रति पर्यटन मन्त्रीद्वारा श्रद्धाञ्जली

राष्ट्रकविको निधनप्रति पर्यटन मन्त्रीद्वारा श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले श्रद्धाञ्‍जली व्यक्त गरेका छन् । मन्त्री भट्टराईले आज एक शोक बक्तव्य जारी गरि उनको निधनले नेपाली साहित्य मात्र नभएर राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताएका छन् ।

आधुनिक नेपाली कविता र काव्य साहित्यका यशस्वी साधक घिमिरेको निधनबाट नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा मात्र होइन सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ । मन्त्री भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

दुःखको यस घडीमा मानवतावादी चेतनाका विशिष्ट कवि घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । मन्त्री भट्टराईले भनेका छन् ।

विसं. १९७६ असोज ७ गते मंगलबारका दिन लमजुङको पुस्तुनमा माता द्रौपदीदेवी र पिता गौरीशङ्कर उपाध्याय घिमिरेका पहिलो सन्तानका रूपमा जन्मिएका घिमिरे नेपाली काव्य जगतको आधुनिक कालखण्डका विशिष्ट काव्य पुरुष हुन् । उनको हिजो मंगलबार निधन भएको हो । आज दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

Logo