आज २०७ औं भानु जयन्ती : ‘आदिकविको योगदान महत्वपूर्ण’-पर्यटनमन्त्री (भिडियाेसहित)

आज २०७ औं भानु जयन्ती : ‘आदिकविको योगदान महत्वपूर्ण’-पर्यटनमन्त्री (भिडियाेसहित)


काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताए । उनले भने, ‘‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यलाई एक बनाएका थिए । भूगोलको एकीकरण मात्रै राष्ट्रको एकीकरण हुँदैन भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने अभियन्ता भानुभक्त आचार्य हुन् ।’’ भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानव सभ्यताको प्रतिनिधित्व गर्ने उनले बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नु पर्ने बताए । आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडी बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पु¥याउने उनले बताए ।

जन्म जयन्तीका अवसरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । देश तथा नेपाली भाषीहरुको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

Logo