काभ्रेली साहित्यकार लाकोजूको ‘स्वर्णिम धुन’ सार्वजनिक

काभ्रेली साहित्यकार लाकोजूको ‘स्वर्णिम धुन’ सार्वजनिक


काभ्रे ।

नेपाली साहित्य र पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका कवि सूर्यप्रसाद लाकोजूको चौथो मुक्तक सङ्ग्रह स्वर्णिम धुन प्रकाशित भएको छ । स्वर्णिम धुनका अतिरिक्त उनका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरि तीन वटा मुक्तकसङ्ग्रह प्रकाशित छन् ।

​लाकोजूको स्वर्णिम धुनभित्र एक सय एक वटा विविध विषयका मुक्तकहरू समावेश गरिएका छन् । स्वर्णिम धुनभित्रका मुक्तकले देशभक्तिको भाव पोखेका छन् । वर्तमान नेपाली राजनीतिको विषयमा पनि मुक्तक बोलेको छ । मुक्तकहरूले समाजक बेथितिमाथि ब्यङ्ग्य पनि गरेका छन् । प्रेम र प्रणयका विषय पनि मुक्तक भएर उभिएका छन् । मानिसको मतलबी चाललाई पनि पहार गर्न लाकोजूका मुक्तक चुकेको छैन ।

​मुक्तकका साथै कविता, निबन्ध, हाइकु, नियात्रा, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरु, फूलहरुको मेला, स्पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, स्मृतिका आलेखहरु प्रेरणाको चौतारी, गुराँस फूल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरु, घामको चुम्वन, अक्षरका स्वरहरु, सुसेली, यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन गरि करिव दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् ।

Logo