विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार

विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार


विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ। यसअघि ओझाले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

त्यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । 

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ । दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा प्रदान गरिन्छ।

Logo