बार्दलीमा जून लिएर आइन् शान्ति शर्मा

बार्दलीमा जून लिएर आइन् शान्ति शर्मा


काठमाडौं ।

साहित्यकार शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” सार्वजनिक भएको छ ।

राजधानीको बानेश्वरस्थित लेखनकुञ्जको सभाहलमा भएको एक कार्यक्रममा शुक्रबार उनको कृति सार्वजनिक गरिएको हो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको सो कृतिको विमोचन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।

कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा.कुमार कोइराला, डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने, रमेश पौडेल, वियोगी बुढाथोकी, नन्दकृष्ण जोशी, कलानिधि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साहित्यले मानवमा सकारात्मक उर्जा भर्नु पर्ने बताए । शान्ति शर्माका मुक्तकमा आफूले त्यस्तो उर्जा पाएको उनको भनाई थियो ।

पुस्तकमाथि समीक्षा गर्दै प्राडा. रामप्रसाद ज्ञवालीले पुस्तकमा प्रणय र परिवेश गरि दुई प्रकारका मुक्तकबाट समाजका विविध विषय समेटिएको उल्लेख गरे ।

शान्ति शर्माको यस अघि गजल सङ्ग्रह अम्लान फूल प्रकाशित छ । शर्मा दियालो साहित्य सरगमकी अध्यक्ष हुन् ।

Logo