मिरा पिक हिमालको चुचुरोमा तीन पुस्तकको विमोचन

मिरा पिक हिमालको चुचुरोमा तीन पुस्तकको विमोचन


काठमाडौं ।

मिरा पिक हिमालको चुचुरोमा ३ वटा पुस्तकहरुको विमोचन गरिएको छ । साहित्यकारहरु राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ , श्रीमती सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ र दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको बार्षिक प्रकाशन ’ज्ञानबिन्दु’ को मिरा पिक हिमालको चुचुरो (६४७६ मिटर) मा विमोचन गरिएको हो ।

साहसी पर्वतारोही गोम्बाछिरी शेर्पाले ती पुस्तकहरुको विमोचन गरेका हुन् । शेर्पा भन्छन् , सर्जकहरूको हौसला अभिबृद्धी गर्ने उद्देश्य राखेर त्यसो गरेको हुँ । उनको यो आँट र साहसप्रति सम्बन्धित स्रष्टाहरु पनि खुशी भएका छन् । फिल्मिङ् हिमालय प्रा. लिले यसको आयोजना गरेको थियो ।

Logo