घिमिरेको ‘कविताको कथा’ सार्वजनिक

घिमिरेको ‘कविताको कथा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भानु प्रतिष्ठानद्वारा प्रकाशित कवि ऋषभदेव घिमिरेको कविता सङ्ग्रह ‘कविताको कथा’ लोकार्पण भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान स्थित लेखनाथ सभा कक्षमा भएको उक्त कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा भानु प्रतिष्ठानका महासचिव डी.पी.अर्यालले स्रष्टा परिचय सहित स्वागत गरेका थिए । समालोचक महेश पौड्यालले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराईले कविताको अन्तरवस्तु भाव विशिष्टताका बारेमा धारणा राखेका थिए । ‘कविताको कथा’ सङ्ग्रहबाट कवि राधिका गुरागाईं, डा.विदुर वस्ती र गजलकार जय गौडेलले समय सम्वेदना,बिहान र भानुमा नै समर्पण शीर्षकका कविता वाचन गरेका थिए ।

उनान्साठी थान कविता रहेको उक्त सङ्ग्रहभित्र जीवन र जगत, प्रकृति, राष्ट्र प्रेम, मिथ आदि विषयका समसामयिक कविताहरू समावेश भएका छन् भने कविताको कथा भित्र दुई पद्य कविता रहेको छ ।

भानु प्रतिष्ठानको संयोजनमा आयोजित लोकार्पण समारोह प्रमुख अतिथि डा.त्रिपाठीले कविताको संरचना, समकालिकता, सूूक्ति विन्यास आदिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम प्रा.डा.व्रतराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

Logo