‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार भद्रकुमारी घलेलाई

‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार भद्रकुमारी घलेलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारती खरेल प्रतिष्ठानले यस वर्षको ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार एवम् समाजसेवी भद्रकुमारी घलेलाई प्रदान गरेको छ ! साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८२ औं जयन्तीको अवसरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच घलेलाई नगद ५१ हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानकोतर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीले साहित्यकार घलेलाई नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कृत घले उमेरले ९० वर्षको भएपनि साहित्य रचना तथा सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका १०० भन्दा बढी कृति प्रकाशित छन् । उहाँले भद्रकुमारी सेवा सदनमार्फत् विविध सामाजिक कार्य गर्दै आउनुभएको छ ।

वि.सं.२०४९ मा प्रतिष्ठान स्थापना भएदेखि शुरु गरिएको भारती खरेल स्मृति पुरस्कार स्वामी प्रपन्नाचार्य, दयावीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्सङग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थालाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।

Logo