संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्तीको अवसर पारेर कविता प्रतियोगिता कार्यक्रम नाफा साहित्य साँझ २०७६ सुसम्पन्न गरिएको छ । "/>

अमेरिकाको म्याडिसनमा नेपाली साहित्य साँझ भव्य रूपले सम्पन्न

अमेरिकाको म्याडिसनमा नेपाली साहित्य साँझ भव्य रूपले सम्पन्न


संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्तीको अवसर पारेर कविता प्रतियोगिता कार्यक्रम नाफा साहित्य साँझ २०७६ सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)ले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व अविमन पसछेंले गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि मदन पुरस्कार एवम् पद्मश्री पुरस्कारबाट अलङ्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका तथा नाफाका शिक्षा तथा संस्कृति संरक्षण समिति संयोजक दिनार रनादी‘ रहेका थिए ।

उक्त कार्यक्रम मञ्चमा आसिन व्यक्तित्वहरूबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी समुद्घाटन भएको थियो । सो सभालाई स्वागत सम्बोधन गर्दै साहित्यकार दिनार रनादीले उक्त कार्यक्रमको इतिहास र वर्तमानको अवस्था बारे प्रकाश पारे । कार्यक्रमका संयोजक तथा सञ्चालक मित्र पौडेलद्वारा महाकवि देवकोटाका कविता वाचनसँगै कार्यक्रम शुरुवात भएको थियो । बालबालिकाकातर्फबाट प्रसुन गुरागाईंले कार्यक्रम सञ्चालन र बाल साहित्य संयोजन निकिता मिश्र पाण्डेयले गरेका थिए । नाफा विजय मल्ल साहित्य पुरस्कार प्रतियोगताका लागि पुरस्कार प्रायोजक विजय मल्लकी सुपुत्री वन्दना मल्ल तथा कृष्णदास मल्लका स्‍मृतिमा स्थापित नाफा बाल साहित्य पुरस्कारका प्रायोजकका तर्फबाट सुपुत्र नारायणदास मल्लले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे आफ्नो धारणा राखेका थिए

“विजय मल्ल साहित्य पुरस्कार प्रतियोगितामा भाग लिनुहुने कवि तथा कवयित्रीहरूमा अप्सरा गिरी भारतीअर्चना धाख्वाविन्दु तिमिल्सिनादीपक पौडेलकल्पना रिजालएल. के गुरूङनिकिता मिश्र पाण्डेयलेखनाथ काफ्लेपुर्ण श्रेष्ठप्रदिप के.सीरोशा पोखरेलशर्मिला पोखरेल र सुष्मा श्रेष्ठद्वारा कविता वाचन भएको थियो। बालबालिकातर्फबाट आन्या पाण्डेयअनित्या द्वाआरूस सुवेदीऐरिना उप्रेतीआर्या लामिछानेवेलिस्मा श्रेष्ठजुना रिजालकाव्या लामिछानेखुशी श्रेष्ठओजस्वि पसछेंओपल शर्माप्रियाशा गुरागाईंपुरन बरालस्मारिका पनेरू तथा युजेन थापाले कविता वाचन गरेका थिए ।

त्यसका साथसाथै अप्रतियोगी कवि तथा कवयित्रीहरूमा राजेन्द्र अर्यालअविमन पसछेंसीता अर्यालसन्तोषी भण्डारीअर्जुन खड्कासन्तोष लामिछानेनरेन्द्र थापा एवं कर्मपथ अर्यालले कविता वाचन गरेका थिए । “विजय मल्ल साहित्य पुरस्कारका लागि प्रतियोगी मध्यबाट पूर्ण श्रेष्ठले पहिलो स्थानविन्दु तिमिल्सिनाले दोस्रो स्थान र अप्सरा गिरी भारतीले तेस्रो  स्थान हासिल गरे । सहभागी प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त प्रतियोगितात्मक कार्यक्रममा निर्णायकको भूमिकामा नेपालबाट प्रा.डा. कृष्णहरि बरालमहेश पौड्याल तथा विमला तुम्खेवा रहेका थिए भने आन्तरिक निर्णायकका रूपमा श्रीधर रानाभाटसीता अर्याल तथा पटना ताम्राकार रहेका थिए ।

 उक्त समारोहमा प्रमुख अतिथिको करकमलबाट कवि तथा लेखक आविष्कार भारतीकृत् टुसाएको गगन हाइकु कृति नेपाल र अमेरिकाबाट एकैदिन लोकार्पण भयो । कार्यक्रममा दर्शकदीर्घाबाट क्रमरहित भएर विमोचनपूर्व हाइकुकारका मन परेका दस हाइकु दर्शकले वाचन गरेका थिए । सो समारोहमा बोल्दै निलम कार्की निहारिकाले महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा विजय मल्लले नेपाली साहित्यमा दिएको योगदान र तिनको जीवनीका बारेमा प्रस्ट पारेकी थिइन् ।

उक्त कार्यक्रममा नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड श्री कृष्ण प्रधान तथा उनकी धर्मपत्नी श्रीमती विष्णु प्रधानलाई प्रदान गरियो । यसैगरी सगरमाथा प्रज्ञा पुरस्कार अमेरिकामा नेपाली वालवालिकालाई नेपाली भाषाशिक्षा तथा संस्कृति जगेर्नामा योगदान पुर्‍याएको वापत अर्चना धाख्वालाई प्रदान गरियो । यसैगरी रेन्युएबल एनर्जी ग्रुपद्वारा प्रायोजित “नाफा छात्रवृत्ति २०१९”का संयोजन पर्वत रेग्मीले गरेका थिए । उक्त रकम र प्रमाणपत्र रेन्युएबल एनर्जी ग्रुपका तर्फबाट नम्रता डंगोल र ठाकुर पनेरुबाट प्रसुन गुरागाईं तथा अर्हत द्वालाई प्रदान गरियो । कार्यक्रममा नाफाका सबै पूर्व अध्यक्षहरू  कृष्ण सिजापतीश्रीधर रानाभाटअयोध्या बाटाजूपूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सयजना साहित्यप्रेमी श्रोताहरूको बाक्लो उपस्थिति थियो । यस कार्यक्रमलाई ईनेपलिज डट कमले फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । सो समारोह दिउँसो २ बजेदेखि प्रारम्भ भई ७:३०बजे समापन भएको थियो। अन्त्यमा सेलरोटी चिया लगायत जलपानको व्यवस्था गरिएको थियो।

Logo