कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ इन्द्र रेग्मीलाई

कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ इन्द्र रेग्मीलाई

केन्द्रबिन्दु
0
Shares

कविडाँडा साहित्य समाज, चितवनद्वारा सक्रिय वरिष्ठ साहित्कारलाई प्रत्येक वर्ष प्रदान गरिने कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ साहित्यकार इन्द्र रेग्मीलाई प्रदान गरिने भएको छ ।

त्यसैगरी कथा प्रतियोगिता २०७६ मा उत्कृष्ट कथाको सूची पनि सार्वजनिक गरिएको छ । वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको कथासूचीमा इन्द्रबहादुर भण्डारी (बाँके) को ‘जमिल खाँको मिसन प्रस्ताव’, गायत्रीकुमार चापागाईं (मोरङ) को ‘आरोहणको व्यथा,’ चरित्रा शाह भण्डारी (बाँके) को ‘सम्बन्ध,’ टङ्कबहाद’र आलेमगर (उदयपुर) को ‘फेशबुके बाजे,’ मन्दिरा मधुश्री (काठमाडौँ) को ‘कुमारी कोख,’ मुना चौधरी (बाँके) को ‘समध,’ पुण्यप्रसाद खरेल (झापा) को ‘घोडा,’ राजेश विद्रोही (सप्तरी) को ‘भोज’ सिर्जन अविरल (चितवन) को ‘मोड,’ हरिप्रसाद अधिकारी (भोजपुर) को ‘चार मन दाउरा,’ र हिरा लामा (चितवन) को ‘बाजे’ छन् । यिनै कथामध्येबाट प्रथम, द्वितीय र तृतीयको घोषणा गरिनेछ ।

यसैगरी कविडाँडा साहित्य समाज, चितवनले वर्षका उत्कृष्ट पुस्तकका रूपमा दुईवटा पुस्तकलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जसअन्तर्गत कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७५— भूपिनको उपन्यास ‘मैदारो,’लाई र कविडाँडा राष्ट्रिय आख्यान  पुरस्कार २०७५— महेश थापाको कथा सङ्ग्रह ‘मरिचिका,’लाई प्रदान गरिनेछ । यी सबै स्रष्टा तथा कृतिहरूलाई मंसिर ७ गते चितवनको सौराहामा पुरस्कृत एवं सम्मान गरिने संस्थाका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo