बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा

बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा

केन्द्रबिन्दु
70
Shares

कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ कथालयले हालै बजारमा ल्याएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।

चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एकछिनपछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् । के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ?

लेखक कृषा ताम्राकार भन्छिन्, ‘मेरो कथाको अन्त्य पाठकको शुरुवात हो । त्यसमा मलाई खुसी लाग्छ ।’ ‘म उड्न सकें’ लेखक र चित्रकारको रूपमा उनको पहिलो पुस्तक हो । तर यसभन्दा पहिला ‘य:मरि’ लगायत उनका अरू दुई चित्र पुस्तकहरु प्रकाशित छन् ।

पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छन् । यस पुस्तकको नेपाली अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् भने, सम्पादन चर्चित कवि विप्लव प्रतीकले गरेका हुन् ।

Logo