विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै

विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै


एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्ने भएका छन् ।

सघिका तीनै खेल हारेको दक्षिण अफ्रिका आजको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनले हार ब्यहोरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेशसँग २१ रन र तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । विश्वकपको आगामी यात्रालाई कायमै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नै पर्ने हुन्छ ।

आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने विश्व विजेता अष्ट्रेलियासँग १५ रनको हार ब्यहोरेको थियो । वेष्ट इन्डिजको यो तेस्रो खेल हो ।

यो खेल इंग्ल्यान्डको साउथ ह्याम्पटनमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

Logo