गजल

गजल

केन्द्रबिन्दु
0
Shares

शब्दहरु बिच्किएछन्, गहन अनि भारी छ
बन्छ कि गजल भनि लेख्ने कोशिष जारी छ

कैलेकाँही शान्त हुन्छु, लाग्छ अब सुषुप्त हुन्छु
फेरि मनले झस्काउँछ, ठूलो जिम्मेवारी छ

मौनतामा अल्झेको जीवन भन्छन् अनुरागीहरु
सहज कहाँ छ र बाटो भरि काँडा घारी छ

जस्तो तिमी उस्तै मै हुँ भन्ने हरुका कुरा
सत्य बचन नारीको दुश्मन मात्र नारी छ

भुईंमा छु म अब कहाँ तल पाछौं हजुर
निर्भय छु म किनकी यहाँ अर्थी तयारी छ

Logo