काठमाडौं । वरिष्ठ भाषाशास्त्री साहित्यकार प्रा. बालकृष्ण पोखरेलको निधन भएको छ । नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवासमेत रहेका पोखरेलको ८६ बर्षको उमेरमा निधन भएको हो ।
गत माघ ६ गतेदेखि मस्तिष्क घातबाट पीडित पोखरेल काठमाडौं र विराटनगरका अस्पतालमा उपचारको लागि विराटनगरको नोबेल मेडिकल कलेज लैजादैंगर्दा बाटोमै मृत्यु भएको हो ।
एक महिनाअघि अचानक मस्तिष्काघात भएपछि उनलाई कहिले भारतको सिलिगुडी, कहिले काठमाडौं, कहिले विराटनगरको अस्पतालमा उपचार गराइरहेका थिए । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीको घर गएका बेला मस्तिष्काघात भएको थियो ।
भाषाविज्ञानका अतिरिक्त उनले कथा, उपन्यास, समालोचना, काव्य आदिबाट नेपाली साहित्यको जीवनभर सेवा गरेका छन् । पोखरेलका एक छोरा–बुहारी र दुई छोरी–बुहारी छन् । पत्नी शान्तादेवीको २०६७ सालमा निधन भएको थियो ।































प्रतिक्रिया