काठमाडौं । वैयाकरण स्मृति पुरस्कार–२०८० बाट प्राध्यापक कृष्ण गौतम सम्मानित भएका छन् । माध्यमिक कालीन कवि वैयाकरण नेपालको १०३औँ स्मृति दिवसका अवसरमा आयोजित पुरस्कार अर्पण कार्यक्रमबाट गौतम सम्मानित भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि काम गरी शैक्षिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै वैयाकरण नेपाल स्मृति प्रतिष्ठानले गौतमलाई सम्मान गरेको हो । गौतम ५१ हजार नगद तथा प्रमाणपत्रसहित सम्मानित भएका छन् ।
यस्तै, भोजपुर जिल्लाको विद्यालयमा अध्ययन गरी उच्च अंक ल्याएर कक्षा १२ मा उत्तीर्ण भएका दुई विद्यालयका दुई छात्रालाई नगदसहित सम्मान प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानले विद्येश्वर माविकी अप्सरा आचार्य र जनोदय माध्यमिक विद्यालय अरुणा घिमिरेलाई १०/१० हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो । यसैगरी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइ रहेका दुई जना चिकित्सकलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ ।
प्रतिष्ठानले डा. अवन्तिका सुवेदी र डा. उपज्ञा नेपाललाई नगर ५/५ हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरेको हो । उनीहरु वैयाकरण नेपालमा प्रतिनिधि पनि रहेका छन् ।





























प्रतिक्रिया