वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित पुस्तक ‘नेपालका निधि’ लोकार्पण

वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित पुस्तक ‘नेपालका निधि’ लोकार्पण

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित पुस्तक ‘नेपालका निधि’ लोकार्पण गरिएको छ ।

बुधवार शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरेका हुन् । निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्तीमध्येका एक हुन् ।

पुस्तक लोकार्पणका क्रममा राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पुस्तक सङ्ग्रहणीय हुने बताएका थिए।

उनले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरेिन् । उनले भने, “सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

पुस्तक लोकार्पण कार्यक्रममा लेखक नेपालसँगै महेन्द्रनारायणका छोरा विमलेन्द्र निधी लगायतकाे पनि उपस्थित रहेकाे थियाे ।

Skip This
Skip This
Logo