आमाको वियोगमा रहेका रबि ओडको मनै रुवाउने साहित्य

आमाको वियोगमा रहेका रबि ओडको मनै रुवाउने साहित्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आइडल सिजन २ को विजेता बनेको खुशी साट्न नपाउँदैं आमा भगवानको प्यारो भए । विजयउत्सव मनाउँदैं खुशी हुन थालेका थिए । रबि ओडको मुहारमा दैवले पनि मुस्कान देख्न सकेन् ।

मुस्कान देखेर अति नै चिडिएको दैवले आमालाई लग्यो । सानैमा जन्मदिने आमा गुमाएका रबि अहिलेसम्म कर्म दिने आमा विस्ना ओडबाट जीवन जिउँन सिकिरहेका थिए ।

उनी तिनै आमाको माया ममताले समाजमा बाँच्न सकिरहेका थिए । तर तिनै आमालाई पनि दैवले देख्न चाहेन् । यतिबेला रबि आमा वियोगको पीडामा छन् ।

तिनै आमाको वियोगमा रहेका रबिले निकै नै हृदयविदारक साहित्यको रचना गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो मनको भाव पोखेका हुन् ।

उनले अलि कति के हास्न थालेको थे, राम्ररी हास्न नपाई निस्ठुरी दैवले जीवनको खुशी खोसेर लगेको भन्दै भगवानप्रति आक्रोशपूर्ण भाव पोखेका छन् । उनको साहित्यको बाँकी अंशः

अलि कति के हास्न थाले थे 
राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले
मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ !!

अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र
मेरो सानो झुपडी मा अब आमाको छिनछिन
चुराको आवाज बज्दैन !!

म भोकाएर आउछु होला भनेर आमाले 
जस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन !!

मैले जीवनमा धेरै सपना सजाएको थिए 
त्यसलाई पाउन आमा तिम्रो साथ
अनि आशीर्वादले केही पाएको थिए

तर आज तिमीलाइ भन्न नपाई पापी
दैबले हाम्रो घरमा आँखा लगयो

आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ
तिमीलाइ हामीबाट यसरी खोजेर लगे 
तिमी फेरि फर्किएर आउदैनौ !!

आमा हजुर जस्तै जीवनमा 
निस्वार्थ प्रेम गर्ने ब्यक्ती
मेरो जीवनमा कोही आउदैन

यसरी छोडी गयौं आमा हजुर ले म मेरा 
दुख अनि वेदना कसलाई भनु अब त हाम्रो 
घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन !! 

Skip This
Skip This
Logo