काठमाडौँ

मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो तयारी भैरहेको छ । "/>

प्रर्दशनको तयारीमा नाटक लिलामे माईंलो

प्रर्दशनको तयारीमा नाटक लिलामे माईंलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो तयारी भैरहेको छ । कुञ्ज नाटकघरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटक मंसिर महिनाको १४ देखी पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुनेछ ।

एक महिना सम्म कुञ्ज नाटकघरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट गरेर फर्कीसकेको छ । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले तथा सामाजिक भावले यो किसिमको नाटक तयार पारिएको निर्माण पक्षले जनाएको छ ।

नेपाली नाट्यक्षेत्रमा हुन गइरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवापुस्ताका दर्शक र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुसन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शकको मन जित्न सफल हुनेछ ।

लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहनसन, सँस्कृती, पर्ब, ती गाउँले जीवन यापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत गर्न लागेको बताउनुभयो । चरित्र निमार्ण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थपरक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफूले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगेको बताउनुभयो । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जानकारी पनि उहाँले दिनुभयो ।

नाटकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी भइरहेको निर्माता राजाराम गौतमले जानकारी दिए । यस नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिने छ भने नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको काल सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिनेछ । नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा , आमालाई निशुल्क देखाईने छ ।

नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरुमा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थि, सलमाना गुरुङ, अलविना न्यौपाने, राजन भुजेल, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम लगायत रहेका छन् ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिनेछ । नाटक माईला भएर जन्मनु भएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

Logo