युवराज अधिकारीको कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित

युवराज अधिकारीको कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । कवि, गीतकार तथा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

उक्त कृतिको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरेका हुन् ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि अधिकारीले लोकार्पित कविता सङ्ग्रहका कविता पनि वाचन गरेका थिए ।

कलाकार दिनेश डिसीले सञ्चालन गरेकाे कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि अधिकारीका बारेमा बोल्दै उनका केही कविता पनि प्रस्तुत गरेका थिए ।

लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कवितालाई रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारले नाटकका रुपमा गरेका थिए ।

Logo