भिस्म ओली (ओली भाई) अस्ट्रेलिया ।

आउँदो आईतबार अस्ट्रेलियामा गजल मुशायरा हुने भएको छ । "/>

आउँदो आईतबार अस्ट्रेलियामा गजल मुशायरा हुने

आउँदो आईतबार अस्ट्रेलियामा गजल मुशायरा हुने

केन्द्रबिन्दु
0
Shares

भिस्म ओली (ओली भाई) अस्ट्रेलिया ।

आउँदो आईतबार अस्ट्रेलियामा गजल मुशायरा हुने भएको छ । मोती जयन्तिको अवसरमा गजल मुशायरा हुन लागेको हो ।

२०१४ साल देखि सुरु भएको गजल मुशायरा एक मात्र यस्तो कार्यक्रम हो जहाँ अस्ट्रेलियामा भएका सबै साहित्य तथा गजल पारखीहरु एक ठाउँमा जम्मा भएर आफ्ना साहित्य र गजलहरु बाचन गर्ने गर्दछन् । २०१६ को कार्यक्रम मा १० डलर प्रवेश शुल्क राखेर उठेको पैसा भुकम्प पिडितहरुको लागि प्रदान गरिएको थियो । यसपटक भने कार्यक्रममा कुनै पनि प्रवेश शुल्क लिईने छैन् ।

२५ जना गजलकारले गजल बाचन गरिने कार्यक्रममा गजल नृत्य सहित गजल गायन हुने कार्यक्रमका संयोजक जितेन्द्र मल्लले जानकारी दिए । यसअघि नै छानिएर आएका गजलकारले मात्रै गजल बाचन गर्न पाउनेछन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको बताउने संयोजक मल्लले आफुलाई यो कार्यक्रमको लागि हौसला र सहयोग दिने सबैलाई धन्याद दिए । २०१७ जुलाई बाट गजल मुसायराको फेसबुक पेजमा प्रस्तुत भईरहेको गजल मुसायरा लाईभ सस्करणले संसार भरि छरिएर रहेका करिब १ सय नेपाली गजल सर्जकहरुलाई प्रस्तुत गरिसकेको र अझै यो क्रम जारी रहेको छ  ।

 

Skip This
Skip This
Logo