बुइ चढेर
ठिङ्ग उभिन्छ घण्टा घर !
घण्टाघर मुनी लखेटिन्छ्न
कारुणिक आंखाहरु
हतारमा छ्न
परिचित क्रुर अनुहारहरु
जब चुलो
विधवा हुन्छ
अगेंनाको डिलमा
केटाकेटीले खरानीको
शोक मनाउँछन्
रुझेका आँखा र कलेटी परेका ओठहरु
सांझ बेखबर हराउँछन्
बेमौसमी सुस्केराहरुले
परिवर्तनको लगाउँछ बाडुली !
काकाकुल मृगतृष्णालाई
किन
अपमान र अल्पमतले गिज्याइरहन्छ ?
खरीका बोट जस्तै अज्ञात बोटहरु
कसरी बेपत्ता भए ? कसले दियो
यो उपहासको पटकथा ?
बारम्बार किन घायल बनाइरहन्छन्
बेत्रावती र सुगौलीले ?
दुरुस्तै प्रश्न किन दोहोरिरहन्छन्?
रुझेर हिँडेका पाइलाहहरु
र बिर्सिएका
ऐतिहासिक पैतालाहरुको ?
गौरीशंकर
उल्टो पिरामिडमा
झुण्डिरहन- असमर्थ छ !
राम लक्ष्मणले बुर्काको अफिमबाट
बनमारा हुर्काइरहन -असम्भव छ !
कोलम्बसको काखमा
रुन्चे हाँसो टिकाइरहन- चुनौती छ !
कर्नाली र सप्तकोसीको दुरी
जपिरहन – तयार हुँदैन कोही !
अखण्डताको बीरता भित्र
कुर्कुचा ,छाती र शीर
अटल नभइरहन – मान्ने छैन इतिहासले
उन्मुक्त भएर
फुल्नेछन् गुँरासका बोटहरु
परेवाले बजाउने छ सारंगी
मुस्कुराउँदै डाँफे नाच्ने छ !
यद्धले नरुझ्ने
स्वयम्भुका आँखा
अविचलित चन्द्र सुर्य
झण्डाको ध्वजाले
सिकाउने एउटै सत्य
जननी जन्म भूमिश्च स्वर्गादपी गरियासी !!!!
दिपक थापा
अरूण -७ मैदाने भोजपुर





























प्रतिक्रिया