तेह्र कविहरूद्वारा लिखित ‘खण्डकाव्य त्रयोदश’ बजारमा

तेह्र कविहरूद्वारा लिखित ‘खण्डकाव्य त्रयोदश’ बजारमा


काठमाडौं ।

शिखाबुक्सले ‘खण्डकाव्य त्रयोदश’ बजारमा ल्याएको छ ।

गोपीकृष्ण शर्मा, प्रा.राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरशर्मा भण्डारी, श्रीहरि फुयँल “सिरु”, प्रकाश चापागाईँ, प्रा.डा. जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी तेह्र जना कविहरूद्वारा लिखित यस सङ्ग्रह शुक्रबार वाल्मीकि विद्यापीठमा लोकापर्ण गरिएको हो ।

सबै कविको कवितामा मौलिक विषयवस्तु रहेको प्रमुख वक्ता महादेव अवस्थीले बताएका छन् । माधव पोख्रेल प्रमुख अथिति र राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई रमेश शुभेच्छुले सञ्चालन गरेका थिए ।

अन्त्यमा कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै शिखाबुक्सका सञ्चालक पुष्पराज पौडेलले बजारमा पुस्तक पाइने र पुस्तकको मूल्य ५५० रहेको बताएका छन् ।

 

Logo