कविता: वाह् ! महामानवहरू

कविता: वाह् ! महामानवहरू

केन्द्रबिन्दु
0
Shares

खोक्रो आदम्वर बोकेका

क्यारेमका गोटीहरू

वोर्डको सिलिङहरूमा

ठोक्किएर चिप्ला खरिका

धुलोहरू सँगै सुलुलु चिप्लिरहने

हामी महा मानवहरू !

कसैको इशाराले

एक चुट्की लगाउँदा

सुलुट्ट अँध्यारो दुलोभित्र पसी

जीतेको घमण्ड गर्ने

वाह्…वाह्….

महामानवहरू

फगत उचालिँदा उचालिने

पछारिँदा पछारिने

हावाको इच्छामा

आकासमा उडेका बादलहरू

वायुकै इच्छामा

कहिले झरीभै थोपा–थोपा

घिनलाग्दा पाखा बगरमा

फोहोरका लाप्साहरू सँगै

पखालिनु पर्ने

फेरि घामको दयाले बाफिएर

आकास छुन पुग्ने

चटक्कै विर्सेर स्वाभिमानका हर थुँङ्गाहरू

रिमोर्टको कि–बोर्डसँगै चल्ने

हामी,

स्वचालित,

विल्कुल स्वचालित

महामानवहरू

चेतनाका भोल्युम दवाउँदा

मान्छे यसरी प्रकत हुन्छन्

मान्छे – मान्छे नै हो भन्छन्

मान्छे–वुद्धिमानी

मान्छे – ज्ञानी

मान्छे – सर्वश्व

विश्वकै प्राणीहरूमा महानतम

वाह्….

यो कोलाहलमा

तुच्छ,घृणा,द्धैष,स्वार्थ,लोलुपता,क्रोध,

कठोरता, रिस, राग ….

वाह्…मान्छे …वाह्….

मान्छे पानी पानी बनेर

दन्दनी वलेर इष्र्याको आगोमा

भताभुङ्ग गृहनगरहरू

वाह्…हामी महामानवहरू ।

Skip This
Skip This
Logo