काठमाडौँ

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । "/>

राष्ट्रकविको स्वास्थ्य सुधारोन्मुख : आन्तरिक रक्तश्राव बन्द

राष्ट्रकविको स्वास्थ्य सुधारोन्मुख : आन्तरिक रक्तश्राव बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उनले भनिन् , “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।”

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उनले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताइन् ।

यसैबीच भारतस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस

Logo