काठमाडौं
साहित्यकार निर्मल पराजुली र दुर्गा तिवारीको संयुक्त प्रयासमा ०७४ सालमा आरम्भ गरिएको दलानमा मुक्तकको (साहित्यिक रचना वाचन) तेस्रो शृङ्खला मंगलबार नयाँ बजारको ए वन क्याफेमा भव्य रूपमा सम्पन्न भयो ।
सो शृङ्खलामा नेपाल कला तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । साहित्यकारद्वय मदनराज थापा र कौशिला रिसालको संयुक्त संयोजनमा आयोजित सो शृङ्खलामा वरिष्ठ साहित्यकार विजय बजिमय, गजल एवं मुक्तक विधाका वरिष्ठ साधक ज्ञानुवाकर पौडेल, प्राज्ञ बियोगी बुढाथोकी, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरू विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो ।
मुक्तक विधाका सिद्धहस्त साहित्यकारहरूको जमघट रहेको सो कार्यक्रममा सहभागी चर्चित मुक्तककारहरु सुनिल अधिकारी, रुद्र अधिकारी, रबिन्द्र आशिष शैली, बिमला दाहाल, बिजयध्वज थापा, शशी थापा, निशा केसि, उत्तम बिचार, त्रीपुरा पौडेल, गोबिन्द नेपाल, ओजस्वी गौतम, भुवन सिवाकोटी, पत्रकार ज्ञानमणि कालोटोपी , गुप्त श्रेष्ठ, र्यापर पोइट, नमराज घिमिरे शिखर र शान्ती शर्मा लगायत सम्पुर्ण हुनुहुन्थ्यो । कार्यक्रम पूर्ण सफल बनाइदिनु भएकामा प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यक्रम संयोजकद्वय एवं सहभागी सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थापक संयोजक द्वय दुर्गा तिवारी ‘क्षितिज’ र निर्मल पराजुलीले बताउनु भयो ।































प्रतिक्रिया