काठमाडौं
साहित्यकार दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज आज सार्वजनिक भएको छ । काठमाडौमा आयोजित एक समारोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगायतले संयुक्त रुपमा कृती विमोचन गरेका हुन् । "/>

साहित्यकार तिवारीको नचुमेको क्षितिज विमोचन

साहित्यकार तिवारीको नचुमेको क्षितिज विमोचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
साहित्यकार दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज आज सार्वजनिक भएको छ । काठमाडौमा आयोजित एक समारोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगायतले संयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।

मुक्तक लेखनमा परिचित तिवारीले पहिलो पटक कविता कृती प्रकाशन गरेकी हुन् । कृतिको समीक्षा गर्दै समीक्षक डाक्टर लेख प्रसाद निरौलाले तिवारीका कविताले समाज वोलेको टिप्पणी गरे । ग्रामिण भेगका रितिस्थिति तथा प्राकृतिक सुन्दरताहरु कविता भित्र पढ्न पाईने भन्दै उनले गितीलयमा लेखिएका कविताले देश प्रेम बोलेको बताए । कविता सरल, सरस खालका रहेकाले जो कोहीले सजिलै पढ्न र बुझ्न सकिने रहेको पनि उनले बताए । नचुमेको क्षितिजमा ७४ वटा कविता संग्रहित छन् । कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, प्राध्यापक कोषराज न्यौपाने, साहित्यकार कौशिला रिसाल, नेपाली शिक्षा परिषदका सदस्य सचिब रमा शर्मा, लगायत थुप्रै साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

 

Logo