निर्झरी गजल

निर्झरी गजल

केन्द्रबिन्दु
165
Shares

काठमाडौँ।

बिहानीमा उज्यालोको रङ्ग हालिदिउँला
रमाउनलाई चियाबारीको हरियाली दिउँला

चेतनाले हिँडेजस्तै समृद्धिको बाटो
यतैतिर बाट नयाँ यात्रा थालिदिउँला

सफलताले पछ्याएको जिन्दगीको कथा
लेख्नलाई हृदयका पन्ना खाली दिउँला

पर्खिएर बस्नेलाई भेट्न आउनैपर्छ
कृतज्ञ भै स्वागतका लागि ताली दिउँला

नभुलिने याद पसोस् यहीँ माया बसोस्
सूर्योदयबाटै आफ्नो मन बालिदिउँला ।

टिङ्कु भट्टराई(निर्झरी)
इलाम ।

Logo