निर्झरी गजल

निर्झरी गजल

केन्द्रबिन्दु
240
Shares

आऊ निष्कर्षमा पुग्न,भेटौँ छलफल गरौँ
कि त यसै थाँती राखौँ , कि त हल गरौँ

कतिसम्म कठोर मन रहेछ यार, तिम्रो
मिल्छ भने यो मन संँग फेरवदल गरौँ

गुम्ने डर ,पाउने इच्छा ,सबै भागिसक्यो
फेरि पनि देउता सामु के भाकल गरौँ ?

प्रस्ताव राख्यौ तिमीले प्रेम गर्छु भनी
जानेर आफैंलाई म किन पागल गरौँ

तिम्रो जीवन ,तिम्रो मन,गर आँफू खुशी
अनावश्यक म आएर किन दख्खल गरौं

टिङ्कु भट्टराई (निर्झरी)
इलाम।

Logo