पोखरा,२४, कात्तिक
मुलुकको राष्ट्रिय प्राथकितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोली बुधबार पोखरा पुगेको छ । "/>

चिनियाँ रेलमार्ग अध्ययन टोली पोखरा पुग्यो , आज लुम्बिनी जाँदै

चिनियाँ रेलमार्ग अध्ययन टोली पोखरा पुग्यो , आज लुम्बिनी जाँदै


पोखरा,२४, कात्तिक
मुलुकको राष्ट्रिय प्राथकितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोली बुधबार पोखरा पुगेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौं देखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन भ्रमण गरेको हो । पोखरा सम्मको स्थलगत अध्ययनपछि यस टोलीले काठमाडौं–पोखरा खण्डमा रेलमार्ग निर्माण कार्य सहज देखिएको बताएको छ । चिनियाँ उपमन्त्री सहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग लगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणका लागि अध्ययन गर्न छलफल गर्नेछ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाल आइपुगेको सो टोली चार दिन सम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने कार्यक्रम रहेको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा अहिलेसम्मको स्थलगत अवलोकनपछि उनीहरूले रेलमार्ग निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताए । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरूको प्रतिक्रिया रहेको उनले जानकारी दिए ।
राजधानीबाट

Logo