डाक्टर बालकृष्ण शाहको मातृ सचेतनासम्बन्धी पुस्तक ‘आमा’ सार्वजनिक

डाक्टर बालकृष्ण शाहको मातृ सचेतनासम्बन्धी पुस्तक ‘आमा’ सार्वजनिक


स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण शाहको पुस्तक ‘आमा’ सार्वजनिक भएको छ। लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलका संस्थापक अध्यक्ष डाक्टर शाहले आफ्नै जन्मदिनको अवसरमा मङ्गलबार सो पुस्तक सार्वजनिक गरेका हुन् । 

मातृ सचेतनासम्बन्धी यस पुस्तकलाई लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको हो ।

प्रस्तुत पुस्तकमा गर्भवती महिलाको स्याहार र देखिन सक्ने स्वास्थ्य समस्याका विषय समेटिएको छ। पुस्तक विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले संयुक्तरुपमा विमोचन गरेका हुन्।

समाजमा स्वास्थ्यसम्बन्धी सचेतना नहुँदा मातृ मृत्युदर बढ्ने गरेकाले सचेतना जगाउने उद्देश्यले पुस्तक लेखिएको डाक्टर शाहले बताए।

गर्भवती हुनु मानव जीवनचक्रको सामान्य प्रक्रिया हो। यो कुनै विमारी वा दुर्घटना होइन तर गर्भको राम्रो व्यवस्थापन गर्न नसकिएका कारण अझै पनि धेरै महिलाहरु तनावमा रहने र कति महिलाहरुको आमा बन्ने क्रममा मृत्युसमेत हुने गरेको छ। कुनै रोग नलाग्दै अनि ४० वर्ष पनि नपुग्दै केवल आमा बन्ने चाहनाले नेपालका प्रतिलाख जन्ममा २३९ आमाहरु मृत्युवरण गर्न बाधय भएका छन्। 
 
त्यसैले यो विशेष अवस्थालाई योजनाबद्ध तरिकाले व्यवस्थापन गर्न र स्वास्थ्य सचेतनाका लागि यो पुस्तिका तयार गरिएको हो। यसमा गर्भको योजना कसरी बनाउने, योजना बिना गर्भ रहे के गर्ने, अनि सुत्केरी र नवजात शिशु समेतको स्याहारका लागि आवश्यक उपयोगी स्वास्थ्य शिक्षा दिने प्रयास गरिएको लेखक शाहले जनाएका छन् ।

काठमाडौंमा यो पुस्तक काठमाडौं मेडिकल कलेज सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज फार्मेसीमा उपलब्ध छ।

Logo