वर्ष ०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

वर्ष ०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मदन पुरस्कार गुठीले ०७६ सालको मदन पुरस्कार महारानी उपन्यासलाई दिने भएको छ ।

गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको हो । उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँ हुन् ।

यस्तै वर्ष ०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ । यसको जानकारी गुठीका अध्यक्ष कुन्द दीक्षितले दिएका हुन् ।

यस वर्ष १५१ वटा पुस्तकबाट उत्कृष्ट एक पुस्तक छानिएको हो । महारानी उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

Logo