उम्मेदवार सर्वसम्मत हुन नदिएको भन्दै काइके गाउँपालिकाले लगायो डोल्पोबुद्धमा जान रोक

उम्मेदवार सर्वसम्मत हुन नदिएको भन्दै काइके गाउँपालिकाले लगायो डोल्पोबुद्धमा जान रोक

केन्द्रबिन्दु
0
Shares

काइके गाउँपालिकाले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा जान र आउन प्रतिबन्ध लगाएको छ । डोल्पोबुद्ध गाउँपालिकाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेपछि काइके गाउँपालिकाले विज्ञप्ति नै निकालेर डोल्पोबुद्ध गाउँपालिकामा जान प्रतिबन्ध लगाएको हो ।

काइके गाउँपालिकाको भूभाग हुँदै उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा जाने र आउने बाटो रहेको छ । काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘काइके गाउँपालिकामा सबै उम्मेदवारहरू सर्वसहमतिले चयन भएको बेला डोल्पोबुद्ध गाउँपालिकाले सर्वसहमति हुन नदिनु धार्मिक तथा भाइचाराको सम्बन्ध बिगार्ने खेल खेलेको छ । 

हामी सबैले उपल्लो डोल्पाको एकै स्वर बोल्नुपर्छ । यदि सर्वसहमति हुन नदिए नाका बन्द नखोल्ने निर्णय भएको छ ।’ स्थानीयबासीका अनुसार विज्ञप्ति प्रकाशन गर्नुअघि नै खाद्यान्न बोकेका चौँरी र घोडा र खच्चडहरू रोक्न सुरु भएको डोल्पोबुद्ध गाउँपालिकाले जनाएको छ । 

केही समय अघि नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी मा प्रवेश गरेको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले सांसद धनबहादुर रानाको आडमा यो काम गरिरहेको स्थानीयबासीको आरोप छ । उपल्लो डोल्पामा अहिलेसम्म स्वतन्त्र रुपमा चुनाव हुन नसकेको र बुथहरु कब्जा गरी जबरजस्ती मतदान गरी चुनावमा आफू अनुकुलको मान्छेलाई जनप्रतिनिधि बनाउदै आएको आरोप सांसद बुढामाथि लाग्दै आएको छ ।

डोल्पोबुद्धका अध्यक्ष लगायत बहुमत जनप्रतिनिधि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेपछि तिक्तता बढ्दै आएको छ । डोल्पाको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले शान्ति सुरक्षा दिन तयार भएको बताएका छन् ।  

Skip This
Skip This
Logo