भागबण्डा मिलाउन बैठक मात्रै, निकास भने छैन्

भागबण्डा मिलाउन बैठक मात्रै, निकास भने छैन्

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका १० जिल्लामा भागबण्डाका लागि सत्तारुढ दलको बैठक पटकपटक बसे पनि अझै सहमति हुन सकेको छैन । सबै जसो दलले एक्ला एक्लै निर्वाचनमा जाने आसयको पत्र आएपछि प्रदेश स्तरको सत्तागठबन्धन टोलीले सहमति गर्न नसकेको हो । दिनमा एक पटक पार्टीको बैठक र गठबन्धनको बैठक गरे पनि निकास भने अझै निस्किएको छैन ।

आज पनि बैठक हुने नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । कसैले पनि आ(आफ्ना हट नत्याग्ने हो भने अन्तिममा मित्रवत प्रतिस्पर्धा नै हुने सम्भावना भएको उनले बताए । सहमतिको नाममा सहमति गर्न नसकिने निश्कर्षमा माओवादी पुगेको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसले पनि भागबण्डाभन्दा मित्रवत रुपमै चुनाव लड्न चाहेको एक नेताले बताए । ुसमाजवादी कम्जोर अवस्थामा छ, उसैले बढी भाग माग्छ, कसरी हुन्छ सहमति उनले भने । १५ पटकभन्दा बढी  बैठक भए पनि सहमति हुन नसकेको उनी बताउँछन् । 

समाजवादीका नेताहरू भने हैसियतभन्दा पनि सहमति महत्वपूर्ण भएको बताउँछन् । गठबन्धनमा को बलियो को कम्जोर भनेर नगरेको उनीहरू बताउँछन् । 

चुनावमा टिकट पाउन शक्ति केन्द्र धाउनेको संख्या पनि बढेको छ । रुकुम पश्चिमको टिकटका लागि गुनासोको पोको बोकेर गएको कांग्रेस टोली केन्द्रीय नेताले वास्ता नगर्दा निरास भएर फर्केको बताइन्छ । समाजवादी जाजरकोटका अध्यक्ष कमानबहादुर खड्का पनि काठमाडौँमै छन् ।

कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही सुर्खेतमा छिन् । बुधबार मात्रै पनि मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकक्षमा कांग्रेस नेताहरूको बैठक बसेको थियो । 

Skip This
Skip This
Logo