सन्धिखर्क नगरपालिकाका मेयरसहित जनप्रतिनिधिले दिए राजीनामा

सन्धिखर्क नगरपालिकाका मेयरसहित जनप्रतिनिधिले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरि नगर प्रमुख कमलप्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन्।

नगरप्रमुख भुसालले उपप्रमुख ठाकुरकुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए।

नगरप्रमुख भुसाल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। भुसाललाई नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ।

Skip This
Skip This
Logo