कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरे लगत्तै उनी पाँच दलीय  गठबन्धनबाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन् । 

पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भइसकेको कांग्रेस नेताहरूले बताएका छन् । 

बालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

Skip This
Skip This
Logo