भरतपुरको मेयरमा कांग्रेस पूर्वसांसद जगन्नाथ पौडेलको बागी उम्मेदवारी

भरतपुरको मेयरमा कांग्रेस पूर्वसांसद जगन्नाथ पौडेलको बागी उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेदवारी  दिने घोषणा गरेका हुन् । 

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेदवारी  दिने घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

Skip This
Skip This
Logo