निर्वाचन आयोगले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको अन्तिम दिन आज बिहानसम्म पनि नेपाली कांग्रेसलाई उपत्यकाका दुईवटा महानगरमा उम्मेदवार छनोट गर्न सकस भएको छ।
सत्ता गठबन्धनमा उपत्यकाका दुईवटै महानगरको मेयर पद कांग्रेसको भागमा परेको छ । कांग्रेसले काठमाडौं र ललितपुर महानगरको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित ५ जनाको नाम कांग्रेस महानगर समितिले सिफारिस गरेको छ। तर उम्मेदवारकाे अन्तिम नाम टुंगिएको छैन।
यस्तै ललितपुर महानगरको पनि उम्मेदवार कांग्रेसले टुंगो लगाउन सकेको छैन। कांग्रेसको ललितपुर महानगर कार्यसमितिले मेयरका लागि हालका मेयर चिरिबाबु महर्जज, पूर्वसांसद चन्द्र महर्जन, हालकी उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन लगायतको नाम पार्टीमा सिफारिस गरेको थियो ।
चिरिबाबुले मेयरमा दोहोरिन चाहे पनि पूर्वसांसद चन्द्र महर्जनलाई उम्मेदवार बनाउँदा कांग्रेसलाई ललितपुर महानगरमा जित्न सहज हुने कांग्रेस नेताहरुले दाबी गरेका छन् । चन्द्र कांग्रेस बागमती प्रदेशका उपसभापति पनि हुन् । चिरिबाबुसँग विगतमा उनले गरेका कतिपय कामका कारण ललितपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका कांग्रेस ललितपुरका नेताहरु बताउँछन् ।





























प्रतिक्रिया