कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने

कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नागेश कोइराला मोरङ कांग्रेसका चर्चित युवा नेता हुन् । विराटनगर निवासी कोइराला पार्टीमा लामो समयदेखि सक्रिय छन् । यस अघि उनले तरुण दल मोरङको १३ वर्ष नेतृत्व गरेका थिए। 

अमृत अर्याल जिल्ला सभापति हुँदा नागेशले ५ वर्ष जिल्ला कोषाध्यक्ष भएर काम गरेका थिए ।

विभिन्न मुलुकहरुमा अध्ययन गरेर स्वदेश फर्किएपछि उनी सिधै सामाजिक कार्यसँगै राजनीतिमा होमिएका थिए।

विराटनगरकाे मेयरका लागि वर्तमान मेयर भीम पराजुली लगायत अमृत अर्याल, डा डिला संग्रौला र नागेशकाे नाम अघि सारिएकाे थियाे । 

मोरङ कांग्रेसका उपसभापति रहेका कोइराला कांग्रेस नेता डा शेखर कोइराला पक्षका नेता हुन्।

Logo