मेयरमा उम्मेदवारी दिन पोखराका कृष्ण थापाले दिए सांसदबाट राजीनामा

मेयरमा उम्मेदवारी दिन पोखराका कृष्ण थापाले दिए सांसदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन् । सोमबार संसद सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन्।

संसद सचिवालयका सचिव हरिराज पोखरेलले सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको जानकारी दिए। संसद सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ। पोखरा महानगरको मेयरमा एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले नेता दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पौडेलले सुन चोरी गरेको भन्दै सिसिटीभी फुटेज सार्वजनिक भएपछि एमालेले उनको टिकट खोसेर थापालाई दिएको हो।

बिहीबार बसेको एमालेको सचिवालय बैठकले सरकार बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गण्डकी र लुम्बिनी प्रदेशका सांसद्हरूलाई स्थानीय तहमा नउठाउने निर्णय गरेको थियो । तर पोखरा महानगरमा टिकट पाएका पौडेलको विषयमा भिडियो सार्वजनिक भएपछि एमालेले उनको टिकट खोसेर थापालाई दिएको हो।

Skip This
Skip This
Logo