सत्तारुढ पाँच दलीय गठबन्धनले काठमाडौँको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई भाग दिएको छ।
गठबन्धनको चुनावी तालमेलका लागि सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चन्द्रागिरीको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गरेको हो।
जसअनुसार जनमोर्चाले आफ्नो भागमा परेको उपमेयरमा पत्रकार रोशन दानीलाई उम्मेदवार बनाउने बताएको छ। दानी पत्रकारितासँगै विभिन्न सामाजिक काममा सक्रिय छन्। कांग्रेसले भने कसलाई मेयरको उम्मेदवर बनाउने भन्ने गृहकार्य गरिरहेको छ।





























प्रतिक्रिया