एमालेकी मोहनमाया ढकालले गरिन् वीरेन्द्रनगर प्रमुखमा उम्मेदवारी दर्ता

एमालेकी मोहनमाया ढकालले गरिन् वीरेन्द्रनगर प्रमुखमा उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । उनीहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

 

Skip This
Skip This
Logo