नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता

नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बाँकेमा नेपाली कांग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा एमाले ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् । 

सो क्रममा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका प्रमुखका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै एमालेका केन्द्रीय सदस्य छन् । 

त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराएका हुन् । 
 दुबै पार्टीले आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।  

उपमहानगरपालिकाको २३ वटै वडामा एमाले र कांग्रेसले वडाध्यक्ष र सदस्यको मनोनयन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।  

जिल्लाको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट पूर्णप्रसाद आचार्य र उपप्रमुखमा सङ्गीता अधिकारीले उम्मेदवारी दर्ता गराए ।  यसैगरी एमालेका तर्फबाट प्रमुख पदमा  खीलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारुले मनोनयन दर्ता गराए ।  

खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेको तर्फबाट सुमन मल्लले मनोनयन गराउनुभएको छ । उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको एकल उम्मेदवारी दिने भनिए पनि अझै उम्मेदवारको टुङ्गो नलागेको बताइएको छ । अन्य केही स्थानीय तहमा माओवादीले गठबन्धनसहित उम्मेदवारी दिएका छन् । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तह रहेको छ ।  

Skip This
Skip This
Logo