दाङमा एमालेले बनायो वडाध्यक्षसहित सबै पदमा महिला उम्मेदवार

दाङमा एमालेले बनायो वडाध्यक्षसहित सबै पदमा महिला उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

दाङको गढवा गाउँपालिकाको एउटा वडामा एमालेले अध्यक्ष सहित सबै पदमा महिला उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गढवा गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्षमा सीता थापाको नेतृत्वमा सबै पदमा महिलालाई अगाडि सारेको हो । 

वडा समितिको महिला सदस्य पदमा वर्षा पाण्डे, खुल्ला सदस्य पदमा शान्ति चौधरी, प्रतिमा चौधरी र दलित महिला सदस्यमा जिवी बिकलाई उम्मेदवार बनाएको छ । महिलाहरू पनि नेतृत्व गर्न सक्षम भइसकेकाले यसपालि वडाको सबै पदमा महिला नेतृत्व अगाडि सारिएको एमाले गढवा गाउँपालिकाले जनाएको छ ।

Logo