गठबन्धनले सातै प्रदेशमा सभा गर्ने निर्णय संशोधन, वैशाख २३ गते काठमाडौंमा गर्ने

गठबन्धनले सातै प्रदेशमा सभा गर्ने निर्णय संशोधन, वैशाख २३ गते काठमाडौंमा गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन गरेको छ। 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो। 

सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ। अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरि कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको छ। 

Logo