सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनबाहेकका दलहरूसँग तालमेल नगर्न निर्देशन दिए पनि सिन्धुपाल्चोकको एक पालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ ।
सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । जसअनुसार गाउँपालिका अध्यक्ष एमालेलाई र उपाध्यक्ष माओवादीको भागमा परेको छ । अध्यक्षमा एमालेका टपेन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादीकी दुर्गा थापा हुने सहमति गरिएको छ ।
माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्मेदवार मञ्जु नेपाल भण्डारीले आज उम्मेदवारी फिर्ता लिने सहमति गरिएको छ । त्यस्तै वडा पनि बाँडफाँट गरिएको छ । उनीहरूले संयुक्त घोषणापत्र निर्माण गरेर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । त्यस्तै आज साँझ साढे ५ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गर्ने एमाले-माओवादीको तयारी छ ।
तर माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीले भने केन्द्रको निर्णयबेगर नजाने दाबी गरे । उनले सुनकोसीको गठबन्धन हुन नदिने समेत बताए । ुहामी केन्द्रको निर्णय पालना गर्छौँ, सुनकोशीमा एमालेसँग माओवादी मिल्दैन । त्यो हामी रोक्छौँ । सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल गर्न हामीमा छुट छैनु, उनले भने ।





























प्रतिक्रिया