पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरुले बताएका छन्

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि स्वतनत्र उम्मेदवार विमल कार्कीले भने फिर्ता लिएका छैनन् । अहिले गठबन्धनबाट वडाका उम्मेदवारले समेत फिर्ता लिइरहेका छन् । 

Skip This
Skip This
Logo