९३ प्रतिशत मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

९३ प्रतिशत मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। 

निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ। 

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। 

हालसम्म  ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ।

Logo